STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विश्व मातृभाषा दिवसको अवसरमा नेपालभाषाको सर्टमूभि ‘बचं’ फिल्म सार्वजनिक गरिने

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण ४, शनिबार

२१ फेब्रअरी, फागुन ९ गते बिहिबार अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा एड जोन प्रा।लि।द्वारा संचालित नेवाः यूट्युब च्यानलबाट मातृभाषा शिक्षाको जागरणलाई थीम बनाई जनचेतना उजागर गर्ने उद्देश्यका साथ निर्माण गरिएको ‘बचं’ अर्थात् ‘बचन’ नामक सर्टमूभि सार्वजनिक गरिने कार्यक्रम हुने भएको छ । नेपालभाषा चलचित्र क्षेत्रका चर्चित निर्देशक, कलाकार एवं लेखक आर्यम नकर्मीले निर्माण गर्नुभएको उक्त सर्टमूभि ए.एन.इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण गरिएको हो । नेवाः यूट्युब च्यानलले मातृभाषा दिवसका दिन फागुन ९ गते दिउँसो ४ः३० बजे राजधानीको बागबजारस्थित सिटी म्याक्स हलमा एक समारोह गरी उक्त सर्टमूभि सार्वजनिक गरिने कार्यक्रम राखिएको छ । ‘बचं’ अर्थात् ‘बचन’ नामक उक्त सर्टमूभिमा चर्चित कलाकार आशिष्मा नकर्मी, राजु महर्जन, प्रकाश श्रेष्ठ र प्रिजा श्रेष्ठले अभिनय गर्नुभएको छ ।
Categorized in सिनेमा