विश्व साहित्य मन्चमा नेपाली साहित्य गोष्ठी क्यानाडामा सम्पन्न
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ भाद्र १६, सोमबार
क्यानाडाको क्वान्टलेन पोलिटेक्निकल विश्वविद्यालय, दक्षिण एशियाली साहित्य र अनुसन्धान प्रतिष्ठानको संयुक्त आयोजनामा भएको 'विश्व साहित्य मञ्चमा नेपालको साहित्य' शीर्षकको अन्तर्राष्ट्रिय संगोष्ठी र कार्यशाला सम्पन्न भएको छ । नेपालको साहित्यका विविध पक्षमा कार्यपत्र प्रस्तुत गरिएको सो कार्यक्रममा नेपालभाषाको दुई उपन्यासहरु 'सेष्टेम्बर १७' र 'कोरोनाया किचलय् 'लाई लिएर एक विशेष सत्रमा विचार विमर्श गरिएको छ ।नेपालभाषाको उपन्यास 'सेप्टेम्बर १७' मल्ल के सुन्दर र 'कोरोनाया किचलय्' श्रीलक्ष्मी श्रेष्ठले लेख्नु भएको हो ।
संयुक्त राज्य अमेरिका, ओरेगन राज्य पोर्टलैण्ड रीड कलेजको मानविकी र अंग्रेजी साहित्यका सहायक प्राध्यापक क्रिटिस राजभण्डारीले नेपालभाषाको यी दुई उपन्यासलाई लिएर विश्व आख्यान साहित्य क्षेत्रमा स्थान के हुन सक्दछ भन्ने विषयमा एक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । संसारका विभिन्न देशका विद्वान, विज्ञ, लेखकहरुले भौतिक रुपमा र अनलाइनका माध्यमले भाग लिएका यो कार्यक्रम यही अगष्ट २७ र २७तारिख दुई दिन भएको हो ।
यसरी विश्व साहित्य मन्चमा नेपालभाषाको साहित्यका बारे
गारएको यो चर्चा सम्भवतः पहिलो पटक हुनु पर्दछ भन्ने देखिएको छ ।
नेपालभाषा साहित्य विज्ञहरुका भनाई अनुसार यसरी नेपालभाषा आख्यान विधालाई लिएर अन्तर्राष्ट्रिय साहित्यिक दृष्टिकोणले नेपाल बाहिर बौद्धिक क्षेत्रमा विचार विमर्श गरिएको यो पहिलो पटक हुनुपर्दछ भन्ने देखिएको छ ।
उक्त विश्वविद्यालयको दक्षिण एशियाली साहित्य र अनुसन्धान प्रतिष्ठानका अध्यक्ष डा. आस्मा सैयदको नेतृत्वमा अघि बढेको यस कार्यलाई विश्वविद्यालयको समाज विज्ञान तथा मानविकी अनुसन्धान परिषदबाट विशेष आर्थिक सहयोग प्राप्त भएको छ।
विभिन्न बाह्र सत्रमा विभाजन गरी अघि बढाइएको 'विश्व साहित्य मञ्चमा नेपालको साहित्य' कार्यक्रममा नेपालभाषा साहित्यलाई लिएर मल्लकालीन नेवार साहित्य (इस्वी १२००-१८०० सम्म), नेवार बौद्ध अवदान केन्द्रीय बौद्ध साहित्य, कविकेशरी चित्तधर हृदयको 'पौ' आधुनिक कथा र त्यसको अंग्रेजी भाषानुवादलाई लिएर पनि छुट्टाछुट्टै सत्रमा कार्यपत्र प्रस्तुत गर्ने र विचार विमर्शको कार्य गरिएको थियो ।
त्यसै गरी नेपाली भाषाको महाकाव्य विधामा महाकवि लक्ष्मी प्रसाद देवकोटाको 'मुनामदन' र 'शकुन्तला'को अंग्रेजी भाषानुवादका साथै बालकृष्ण समको नाटक पुस्तकलाई लिएर समेत यसरी छुट्टाछुट्टै विचार विमर्श अगाडि बढाइएको तथा शरद पौडयालको 'लिखे' उपन्यासका आधारमा नेपालको जात व्यवस्थालाई लिएर साथै, इन्द्र बहादुरको लीला लेखन, पारिजातको शिरिषको फूलको अंग्रेजी भाषानुवाद तथा शरद पौडयालको 'लिखे' उपन्यासको आधारमा नेपालको जात ब्यवस्थालाई लिएर पनि ब्याख्या गर्ने काम भएको छ । यस बौद्धिक कार्यक्रमको विचार विमर्श र कार्यपत्रलाई समावेश गरी चाँडै नै एक पुस्तक प्रकाशन गर्ने भनी आयोजक समूहले जनाइएको छ ।
Categorized in राष्ट्रिय

