STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

वीर अस्पतालका ३ सय कर्मचारीको तलब राेक्का

Janjati Khabar – Janjati Khabar | २०७७ पौष २८, मंगलबार

काठमाडाैं – वीर अस्पतालले हाजिर नगर्ने ३ सय कर्मचारीको तलब रोकेको छ ।

डाक्टर, नर्स र अन्य कर्मचारीले नियमित हाजिर नगरेको पाइएपछि अस्पतालले तलब रोकेको हो ।

‘रुजु गर्दा करिब ३ सयको कर्मचारीले हाजिर पूर्णरूपमा नगरेको देखियो,’ नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले भने, ‘हाजिर नगर्ने कर्मचारीको तलब तत्कालका लागि रोकिएको हो ।’

नियमित काम गरिरहेकाको पनि हाजिर नदेखिएकाले छानबिन गर्नुपर्ने उनले बताए ।

‘केही कर्मचारीको राति हाजिर गर्न नमिलेको देखिएको छ । कसैको इन देखिँदैन आउट मात्र देखिन्छ । काम गर्ने पनि हुलमुलमा परेका छन् । काम नगर्ने ठग पनि छन् । यसको छानबिन हुनुपर्छ,’ उनले भने ।

Categorized in स्वास्थ्य-मौसम