वीर अस्पतालको शल्यक्रिया कक्षमा चिकित्सकमाथि आक्रमण
Janjati Khabar – Janjati Khabar | २०८१ माघ २६, शनिबार
काठमाडौं - वीर अस्पतालको शल्यक्रिया कक्षमा चिकित्सकमाथि आक्रमण भएको छ।
शुक्रबार ड्युटीमा रहेका चिकित्सक र एक जना कर्मचारीबीच आक्रमण भएको अस्पतालले जनाएको छ। अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले प्रहरीमा पत्र पठाउँदै दोषीमाथि कारबाहीको माग गरेका छन्।
प्रहरीमा पठाएको पत्र अनुसार अस्पतालको अप्रेसन कक्षमा शुक्रबार प्रमुख कन्सलटेन्ट ग्याष्ट्रो सर्जन प्राडा शरद पोख्रेल र त्यहाँ खटिएकी सानुमाया मगर लगायतमाथि आक्रमण भएको छ।
Categorized in राष्ट्रिय

