वेस्टर्न युनियन मनि ट्रान्सफरबाट घरमै रेमिटेन्स पाउन सकिने
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख १०, बुधबार
काठमाडौं– अब लकडाउनको समय घरमै बसेर रेमिटेन्स प्राप्त गर्न सकिने भएको छ । अन्नपूर्ण ट्राभल एण्ड टुर्स तथा हुलास रेमिटेन्सले नेपालमा वेस्टर्न युनियन मनि ट्रान्सफरको होम डेलिभरी सेवा दिने घोषणा गरेको छ ।
कोभिड–१९ कोरोना भाइरस संक्रमणबाट बच्न लकडाउन र प्रतिबन्ध लागू भएपछि अन्नपूर्ण ट्राभल एण्ड टुर्स तथा हुलास रेमिटेन्सले रेमिटेन्स रकम घरमै पु¥याउने भएको छ । होम डेलिभरी सुविधा आइतबारदेखि शनिबारसम्म १० बजेबाट ४ बजेसम्म उपलब्ध हुने जानकारी अन्नपूर्ण ट्राभल्सले दिएको छ ।
“हामी र हाम्रा एजेन्टले आवश्यक परेको स्थानमा रेमिटेन्स रकम पु¥याउन महत्वपूर्ण भूमिका खेल्छौं,” वेस्टर्न युनियन, ग्लोबल नेटर्वकका प्रेसिडेन्ट जीन क्लाउड फराहले भने, “ग्राहकहरुको घर घरमा पैसा पठाउनाले नागरिकहरुमा नगदको पहुँच पु¥याउँछ र यसले बैंक खाता नभएकाहरु सहित ठूलो संख्यामा ग्राहकहरुका लागि वित्तिय सेवा प्रदान गर्दछ ।”
अन्नपूर्ण ट्राभल एण्ड टुर्सका प्रबन्ध निर्देशक नवराज घिमिरेले जिम्मेवारपूर्वक ग्राहकहरुका सेवाका लागि तयार रहेको र सकेसम्म सबै सम्भव प्रयास गर्न प्रतिबद्ध रहेको जनाएका छन् ।
हुलास रेमिटान्सका निर्देशक हेमन्त गोल्छाले भने, “मुश्किल परिस्थिति र कठिन समयमा पनि हामी ग्राहकहरुलाई वैकल्पिक समाधानहरु प्रदान गर्न पाउँदा खुशी छौं । घर घरमा मनि ट्रान्सफर डेलिभरी सेवाले नागरिकहरुमा नगदको पहुँच सुनिश्चित गर्दछ र बैंक खाता नभएकाहरु सहित व्यापक ग्राहकहरुका लागि वित्तिय सेवा प्रदान गर्दछ ।”
एकपटक प्रेषकद्वारा पैसा पठाएको जानकारी प्रापकले प्राप्त गरेपछि उनीहरुले अन्नपूर्ण ट्राभल एण्ड टुर्स वा हुलास रेमिटेन्समा सम्पर्क गरेर नजिकैको शाखा पत्ता लगाउन सकिने जानकारी कम्पनीले दिएको छ । यसका लागि कल सेन्टर अन्नपूर्ण ट्राभल एण्ड टुर्स (०१४२२३५३०) र हुलास रेमिटेन्स (९८५१०१९९७३)मा सम्पर्क गर्न सकिने जानकारी पनि दिइएको छ ।
एजेन्ट प्रतिनिधिहरु प्रापकको घरमा रकमसहित पुग्नेछन् र प्रापकको सक्कली परिचयपत्रसँग प्रमाणित गरेपछि ट्रान्जेक्शन रिसिप्टमा हस्ताक्षर गराएर रकम हस्तान्तरण गरिने जनाइएको छ ।
द वेस्टर्न युनियन कम्पनी क्रस बोर्डर र क्रस करेन्सी पैंसाको आदानप्रदान र भुक्तानीको विश्वव्यापी अग्रणी कम्पनी हो । अन्नपूर्ण ट्राभल नेपालको केन्द्रीय बैंकबाट स्वीकृति प्राप्त पहिलो रेमिटेन्स कम्पनी हो । यसले सन् १९९६ देखि वेस्टर्न युनियन मनि ट्रान्सफर सेवा प्रदान गर्दै आएको छ । यसैगरी गोल्छा संस्थाको हुलास रेमिटेन्सले द वेस्टर्न युनियन कम्पनीसँगको रणनीतिक साझेदारीमा भरपर्दो र सुविधाजनक मनि ट्रान्सफर सेवा प्रदान गर्दै आइरहेको छ ।
Categorized in राष्ट्रिय