STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

व्यवसायी महर्जनको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

Janjati Khabar – Janjati Khabar | २०८० बैशाख ४, सोमबार

काठमाडौं - नेपाल मदिरा व्यवसायी महासंघको आगामी नेतृत्वको लागि पाटन ललितपुरका मदिरा व्यवसायी मुकुन्द महर्जनले राष्ट्रिय अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

महासंघको यही बैशाख ८ र ९ गते काठमाडौंमा आयोजना हुन लागेको १७ औं साधारणसभा तथा १२ औं महाधिवेसनमा देशभरका मदिरा व्यवसायीहरुले नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको छ ।

अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै व्यवसायी महर्जनद्वारा विहीबार जारी प्रेस विज्ञप्ति जारी गर्दै आफूले विभिन्न पदमा रही विगत १० बर्ष देखि संस्थाको हितको लागि काम गर्दै आएको दाबी गरेका छन् ।

सोही अनुभव एवं देशभरका मदिरा व्यवसायीहरुको अनुरोधमा आफूले यसपटक अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको उनले बताएका छन् । व्यवसायी महर्जनले यस भन्दा पहिले २ कार्यकाल महासंघ कार्यसमिति सदस्य, १ कार्यकाल महासंघमा सहकोषाध्यक्षको अलावा मदिरा व्यवसायी संघ ललितपुरको संस्थापक र सल्लाहकारको भूमिका निर्वाह गरिसकेका छन् ।

सरकारले मदिरा व्यवसायीहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नको लागि आफू निरन्तर लागिपर्ने उनले बताएका छन् । आफूले नेपाल सरकार अन्तरगत कर तथा राजस्व सम्बन्धीका निकायहरु सँग निरन्तर समन्वय र सहकार्य गर्दै अघी बढ्ने उनले बताएका छन् ।

वाइन शप कन्सेप्टलाई पूर्ण रुपमा लागु गर्ने देखि हरेक जिल्लामा आन्तरिक राजस्व कार्यालयसँग सहकार्य गरी जिल्लामा नक्कली मदिरा नियन्त्रण गर्नको लागि विभिन्न समितिहरु बनाएर आफू अघी बढ्ने सम्मका एजेण्डाहरु अध्यक्ष पदका उम्मेदवार महर्जनले सार्वजनिक गरेका छन् ।

Categorized in बिजनेस