STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

शंख फुकेर पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ २७, आइतबार

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा विपक्षी गठबन्धनका पाँच विद्यार्थी संगठनले शंख फुकेर प्रदर्शन गरेका छन् ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा आइतबार काठमाडौंको माइतीघर मण्डलामा विपक्षी गठबन्धनका पाँच विद्यार्थी संगठनले शंख फुकेर विरोध जनाएका हुन् । 

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध विपक्षी गठबन्धनका पाँच विद्यार्थी संगठनले चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पाँच विद्यार्थी संगठनले सातबुँदे मागसहित चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् ।

घोषित आन्दोलन अनुसार उनीहरूले २८  असारमा नेपाल आयल निगमका गाडीहरू चल्‍न नदिने, २९ असारमा पेट्रोलियम ढुवानी र बिक्री गर्ने संगठनहरूलाई पेट्रोलपम्प र ट्‍यांकर सञ्‍चालन गर्न नदिने र ३० असारमा  देशभरका सम्पूर्ण पेट्रोल पम्प र ट्‍यांकर बन्‍द गर्ने निर्णय गरेको हो ।

Categorized in राजनीति