शताब्दी पुरुषको जन्मोत्सव तथा नइ पुरस्कार स्थगित
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख ३०, मंगलबार
विजयरत्न असंबरे
विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसले नेपाल पनि अछुतो रहन नसकेको अवस्थामा सिर्जित सङ्कटको यो विषम परिस्थितिले गर्दा शताब्दी पुरुष डा.सत्यमोहन जोशीको १०१ औं शुभजन्मोत्सवका अवसरमा उहाँबाटै आज वैशाख ३० गते काठमाडौंमा नइ पुरस्कारहरु समर्पण गरिने कार्यक्रम स्थगित गरेको छ । साहित्यसेवी दम्पती नरेन्द्रराज प्रसाईं र ईन्दिरा प्रसाईको नइ प्रकाशनले देशदेशान्तरका विविधक्षेत्रका प्रतिभालाई यस वर्षकालागि आज समर्पण गर्ने निर्णय गरेको नइ पुरस्कार समर्पण गरिने कार्यक्रम तथा आजको दिन परेको शताब्दी पुरुष जोशीको औपचारिक शुभजन्मोत्सव मनाइने कार्यक्रम हाललाई स्थगित गरिएको बेहोरा अवगत गराएको छ । यो वर्ष नइ प्रकाशनले ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ : श्री दुर्गाप्रसाद श्रेष्ठ (भारत : साहित्य; दुई लाख रुपियाँ राशि), ‘नइ भावि पुरस्कार’ : , डा.गौरीशङकरलाल दास (चिकित्सा; एक लाख रुपियाँ राशि) , ‘नइ कीर्तिनिधि पुरस्कार’ : , इन्जिनियर श्री शङ्करनाथ रिमाल (राष्ट्रियता; एक लाख रुपियाँ राशि) , ‘नइ ईश्वर बराल पुरस्कार’ : महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी (साहित्य; एक लाख रुपियाँ राशि) , ‘नइ भूपालदुर्गा पुरस्कार’ : श्री मनीषा कोइराला (अन्तर्राष्ट्रिय स्तरको अभिनय; एक लाख रुपियाँ राशि) , ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’ : श्री मदनकृष्ण श्रेष्ठ तथा हरिवङ्श आचार्य (मह जोडी : जनचेतनाका लागि हास्यव्यङ्य; एक लाख रुपियाँ राशि), ‘नइ भाजप पुरस्कार’ : श्री चूडामणि रेग्मी (झापा : साहित्य; एक लाख रुपियाँ राशि) , ‘नइ चन्द्रधन पुरस्कार’ : प्रा.डा.सोमप्रसाद खतिवडा (धर्म तथा संस्कृति; एक लाख रुपियाँ राशि) , ‘नइ कोइलीदेवी पुरस्कार’ : प्रा.दीपक जङ्गम (सङ्गीत; एक लाख रुपियाँ राशि) , ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ : श्रीमती गीता खत्री (साहित्य : अमेरिका; एक लाख रुपियाँ राशि) घाेषणा गरेकाे छ । यसैगरी ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ : हिरण्यलाल श्रेष्ठ (परराष्ट्रविद्; साठी हजार रुपियाँ राशि) , ‘नइ रेखा पुरस्कार’ : श्रीमती लक्ष्मीदेवी राजभण्डारी (साहित्य; साठी हजार रुपियाँ राशि) , ‘नइ बुलु शर्मा पुरस्कार’ : श्रीमती दुर्गा पौडेल (रुपन्देही : साहित्य; पचास हजार रुपियाँ राशि), ‘नइ देरुनीख गौरव पुरस्कार’ : श्री महेश थापा (साहित्य; पचास हजार रुपियाँ राशि), ‘नइ रामलक्ष्मी पुरस्कार’ : सोफी सुनुवार (तेस्रो लिङ्गी; पचास हजार रुपियाँ राशि) , ‘नइ देरुनीख पौरख पुरस्कार’ : मिस मङ्गोल सुश्री सिविरा लामा (बहुआयामिक; पच्चीस हजार रुपियाँ राशि) पनि घाेषणा भइसकेकाे छ । ‘नइ देरुनीखपू बाल बहुआयामिक पुरस्कार’ : श्री विनम पोखरेल (दस हजार रुपियाँ राशि) , ‘नइ देरुनीखपू बाल बहुआयामिक पुरस्कार’ : सुश्री कीर्ति पोखरेल (दस हजार रुपियाँ राशि) , ‘नइ देरुनीखपू बाल साहित्य पुरस्कार’ : सुश्री आयुष्मा तिवारी (दस हजार रुपियाँ राशि) , ‘नइ देरुनीखपू बाल चित्रकला पुरस्कार’ : सुश्री सन्ध्या खत्री (दस हजार रुपियाँ राशि) , ‘नइ देरुनीखपू बाल सङ्गीत पुरस्कार’ : श्री प्रोशेष पाण्डे (दस हजार रुपियाँ राशि) , ‘नइ देरुनीखपू बाल नृत्य पुरस्कार’ : सुश्री लुँस्वां मानन्धर (दस हजार रुपियाँ राशि) ‘नइ देरुनीखपू कोपिला गायन पुरस्कार’ : सुश्री रेवती महर्जन (सात हजार रुपियाँ राशि) , ‘नइ देरुनीखपू कोपिला नृत्य पुरस्कार’ : सुश्री सुप्रिया विष्ट (सात हजार रुपियाँ राशि) , ‘नइ देरुनीखपू चिचिला पुरस्कार’ : सुश्री कृति राई (पाँच हजार रुपियाँ राशि) प्रकाशनले घोषणा गरेको छ । अब यी घोषित पुरस्कारहरु आगामी दिनमा उचित समय हेरि प्रदान परिने कुरा नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी गराउनु भएको छ । Categorized in राष्ट्रिय


