STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

शब्दकोषबाट ॐ शब्द हटाउने निर्णयविरुद्धको रिटमाथि सर्वोच्चमा बहस

Janjati Khabar – Janjati Khabar | २०८० माघ १२, शुक्रबार

काठमाडौं - नेपाली शब्दकोषबाट ॐ शब्द हटाउने निर्णयविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा एमिकसक्युरीको बहस सकिएको छ ।

न्यायाधीश सपना मल्ल प्रधान र सारङ्गा सुवेदीको संयुक्त इजलासमा उक्त रिटमाथि वहस भइरहेको थियो । तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्माको पालामा २०६९ साउन २२ गते मन्त्रीस्तरीय निर्णयबाट नेपाली शब्दकोशबाट ॐ शब्द हटाउने र सिङ्गो अक्षरमा हलन्त राख्ने निर्णय भएको थियो ।

उक्त रिटमा सर्वोच्चले नेपाल बार एशोसिएशनले एमिकसक्युरी मागेको थियो । बारले प्रा.डा शम्भु खनाललगायतलाई एमिकसक्युरी पठाएको थियो ।

अधिवक्ता स्वागत नेपाललगायतले ॐ शब्द हटाउने र संयुक्ताक्षर हटाएर सिंगो अक्षरमा हलन्त राख्ने निर्णय पनि खारेज हुनुपर्ने लगायत माग राखी नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालयलगायतलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

Categorized in राष्ट्रिय