STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

शाक्यहरुकाे एकता दर्शाउन भाेजकाे आयाेजना

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ चैत्र २१, शनिबार

काठमाण्डौंका शाक्यहरु मात्र सम्मिलित हुने १० वटा बहालहरुलाई समेटेर स्थापना गरिएको शाक्य महाविहार संघको आयोजनामा यस वर्ष दोस्रो पटक शाक्य संघदान (संघभोज) शाक्य भोज विहीबार ल्हुति पुन्हिकाे दिन सम्पन्न   भएको छ ।

विभिन्न बहाः बहीका शाक्यहरुकाे उपस्थितिमा आयोजना गरिने यस शाक्य संघ भोजमा श्री दीपंकर तथागत समक्ष पूजा गरी उपस्थित हुनुभएका महानुभावहरुलाई संघदान पनि गरिएको छ । संघका महासचिव संघरत्न शाक्यले बताउनु भए अनुसार यस वर्ष भोजमा पुरुषलाई मात्र नभई महिलाहरुलाई पनि समावेश गरिएका छन् भने दान प्रदान भने पुरुषहरुलाई मात्र गरिएका छन् ।

संघका अध्यक्ष शुभकाजी शाक्यले गत वर्ष पहिलो पल्ट आयोजना गर्दा पुरुषहरुलाई मात्र समावेश गरिएकोमा यस वर्ष महिलाहरुलाई समेत समावेश गरिएको र त्यसले गर्दा सहभागीहरु उत्साहजनक रुपले वृद्धि भएको कुरा बताउनु हुँदै यस क्रमलाई अझै बिस्तारित  गर्दै लैजाने लक्ष्य रहेको कुराको जानकारी दिनुभयो ।

त्यसै गरी, उहाँले ले नेवारहरु संगठित हुनु पर्ने र आफ्ना संस्कृति परम्परालाई जीवन्त राखु पर्ने कुरामा जोड दिनुहुँदै शाक्यहरु बीचको यस भोजलाई यहीँ प्रयास स्वरुप  निरन्तर रुपमा अगाडि बढाउने प्रयास गरिएको हो भनी भन्नुभयो ।

शाक्य कुलको परम्परा अनुसार परापूर्व कालदेखि हुँदै आएको यस प्रकारको शाक्य भोज धेरै वर्षदेखि बन्द भएकाे थियाे । शाक्य सर्वसंघ भोजलाई निरन्तरता दिन शाक्य महाविहार संघले सांस्कृतिक पर्वका रुपमा शाक्य सर्वसंघ भोज आयोजना गरिएको

भनी संघका उपाध्यक्ष अमीरमान शाक्यले बताउनु भयो । शाक्य महाविहार संघमा काठमाडौ भित्र का श्रीघः बहाः, नघः बहाः नघः, तःधं बहाः, वटु, महाबुद्ध बहाः महाबौद्ध, स्वःबहाः, यंगाः, असंबहाः, असंगल्लि, बिकमाः बहाः ओम बहाः, यता बहाः ग्वःफः लगं, क्वहिति बहाः क्वहिति र क्वंसाः बहाः ह्यूमतकाे सहभागिता रहेको थियोे  ।

Categorized in उपत्यका