STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

शाखा अधिकृतका सबै परीक्षा स्थगित

Janjati Khabar – Janjati Khabar | २०७९ माघ २४, मंगलबार

काठमाडाैँ - यही माघ २८ गते सञ्चालन हुने गरी तोकिएको राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदका सबै परीक्षा स्थगित भएको छ ।

लोकसेवा आयोगले आज विज्ञप्ति जारी गरी सर्वोच्च आदालतबाट जारी भएको अन्तरिम आदेश कार्यान्वयनका लागि आयोगले ती तहका पहिलो र द्वितीय चरणका परीक्षा कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको जनाएको हो ।

आयोगले राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको पहिलो चरणको परीक्षाको मिति यही माघ २८ र द्वितीय चरणका परीक्षा आगामी चैत २१ गतेदेखि सञ्चालन हुने गरी तालिका सार्वजनिक गरेको थियो ।

Categorized in राष्ट्रिय