शान्ति र विकासमार्फत शहीदप्रति सच्चा सम्मान
Janjati Khabar – जनजाति खबर | २०७६ माघ १६, बिहिबार
प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय ध्येयलाई आत्मसात् गर्न सबैमा आग्रह गर्नुभएको छ । शहीद दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले २००७ सालदेखि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासम्मका आन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्ने महान् शहीद र नेपाली धर्तीले जन्माएका सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।
सन्देशमा वीर, अमर, त्यागी, कर्मनिष्ठ र भविष्यद्रष्टा शहीदको बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै देशमा सहमतिमार्फत शान्ति, विकास गर्नसकेमा मात्र शहीदप्रतिको सच्चा सम्मान र श्रद्धाञ्जलि हुने जनाइएको छ ।
Categorized in राष्ट्रिय


