शिक्षण अस्पतालमा दुई र बुटवल अस्पतालमा एकजना संक्रमितको मृत्यु
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १७, बुधबार
काठमाडौं – त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दुई र कपिलवस्तुकाे बुटवल कोराेना असप्तालमा थप एकजना गरी तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
शिक्षण अस्पतालमा उपचाररत ७५ वर्षीय एक जना पुरुष र २० वर्षीया एक जना महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको हो । उनीहरु दुवै जनाको मंगलबार साँझ मृत्यु भएको हो ।
सुगर प्रेसर जस्ता दीर्घरोगी ७५ वर्षीय पुरुष काठमाडौं मैतिदेवीका हुन् भने अर्की बाथरोथ र मिर्गौलाको समस्या भएकी महिला तनहुँकी हुन् । दुवै जनाको आइसियूमा उपचार भइरहेको थियो ।
बुटवल कोरोना अस्पतालमा मृत्यु
यसैगरी कपिलवस्तुकी एक कोरोना संक्रमित महिलाको कोरोना विषेश अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका वडा नंं. ११ की ६० वर्षीया महिलाको उपचारका क्रममा बुधबार (आज) बिहान मृत्यु भएको हो ।
कोरोना पोजेटिभ देखिएपछि भदौ ७ गते अस्पताल भर्ना भएकी उनको सोही दिनदेखि आइसियूमा राखेर उपचार भइरहेकोमा बुधबार बिहान ९ः१५ बजे मृत्यु भएको जनाइएकाे छ ।
Categorized in राष्ट्रिय