STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

Janjati Khabar – जनजातिखबर संवाददाता | २०८२ बैशाख ८, सोमबार

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार अपराह्न करिब ५ बजेतिर भेटेर उनले राजीनामा दिएकी हुन्।

स्वास्थ्यका कारण मन्त्री भट्टराईले राजीनामा दिएको उनको सचिवालयले जानकारी दिएको छ।

‘मन्त्रीज्यूले आफ्नो स्वास्थ्य अवस्थाका कारण राजीनामा दिनुभएको हो,’ उनका स्वकीय सचिव अशेष पोखरेलले भने, ‘उहाँले प्रधानमन्त्रीज्यूलाई भेटेर राजीनामा दिनुभएको हो।’

यद्यपि चैत २० गतेदेखि नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरूले काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका छन्।

विद्यालय शिक्षा ऐन तत्काल ल्याउन माग गर्दै शिक्षकहरूले आन्दोलन गरिरहेका बेला मन्त्री भट्टराईले राजीनामा दिएकी हुन्।

Categorized in राजनीति