शेयर बजार ः नेप्से झिनो अङ्कले बढ्यो
Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २७, सोमबार
लगातार ओरालो लाग्दै आएको शेयर बजार कारोवार मापक नेप्से परिसूचकमा आज भने झिनो अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ०।१३ बिन्दुले सुधार आई एक हजार २३३।८५ बिन्दुमा कायम भएको छ ।
यस्तै सेन्सेटिभ परिसूचक ०।१२ बिन्दुले बढेर २६७।७२ बिन्दुमा पुगेको छ । नेप्सेमा सामान्य सुधार भए पनि कारोवार रकममा भने सुधार देखिएको छैन । कूल १७१ कम्पनीको १८ लाख २१ हजार ८२२ कित्ता शेयर रु ३१ करोड ४२ लाख २८ हजार ९२१ मूल्यमा खरीद बिक्री भए ।
स्टकका अनुसार कारोवार भएका १२ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर ओरालो लागेको छ भने सात उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ०।४२, व्यापार ६।२५, जलविद्युत् २।५२, निर्जीवन बीमा ३४।३२ र अन्य उपसमूह ०।८५ बिन्दुले घटेको छ । यस्तै होटल २०।५९, विकास बैंक ५।२१, वित्त २।९१, उत्पादन ८।१५, लघुवित्त ५।०५, जीवन बीमा १९।६१ र सामूहिक लगानी कोष ०।०४ बिन्दुले बढेको छ ।
स्टकका अनुसार कारोवारका आधारमा रसुवागढी जलविद्युत् कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु दुई करोड ५९ लाख तीन हजार ४०० मूल्य बराबरको शेयर खरीद–बिक्री भए । यस्तै साञ्जेन जलविद्युत् कम्पनी रु एक करोड ४९ लाख ४२ हजार ३८०, प्रभुु बैंक रु एक करोड ३८ लाख ४४ हजार ७१, मेघा बैंक लिमिटेड संस्थापक शेयर र एक करोड २६ लाख ९४ हजार, एनसिसी बैंक रु एक करोड २४ लाख ९२ हजार ६६६ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे ।
आज बढी कमाउनेमा नाडेप लघुवित्त वित्तीय संस्था ९।८९, बल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स ९।०९, नेपाल सेवा लघुवित्त वित्तीय संस्था ७।७३, जोशी हाइड्रोपावर ७।३५ र मिथिला लघुवित्त वित्तीय संस्थाका शेयरधनीले पाँच प्रतिशतले कमाए । यस्तै, विशाल बजार कम्पनी ५।२६, एनआइबिएल प्रगति फण्ड ४।७२, एनआइबिएल समृद्धि फण्ड एक ३।९१, नेपाल एग्रो लघुवित्त वित्तीयी संस्था ३।३७ र लक्ष्मी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३।३२ प्रतिशतले गुमाएका छन् ।
Categorized in बिजनेस