STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

श्रीपञ्चमीको अवसरमा ललितपुरमा शास्त्रीय संगीत उत्सव

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ माघ ८, आइतबार

ललितपुर महानगरपालिका १६ वडा कलाकार समितिले श्रीपञ्चमीको अवसरमा श्रीपञ्चमी शास्त्रीय नखः (उत्सव) को आयोजना गर्ने भएको छ । यही विहिवार पाटन दरबार क्षेत्रस्थित कार्तिक नाच डबलीमा कार्यक्रम हुने कुरा कलाकार समितिले जनाएकोछ । 

यस शास्त्रीय नखः मा लोकप्रिय सांगीतिक समूह प्रोजेक्ट बाजा नेपाल, प्लेयिङ फर चेञ्ज नेपाल तथा वाद्यशिरोमणी संगीत घरानाले शास्त्रीय संगीतका विविध सृजना प्रस्तुत गर्नेछ भने १६ वडा कलाकार समितिको आयोजनामा भएको नृत्य प्रतियोगिताका पुरस्कार विजेता लोकप्रिय चर्या नृत्य कलाकार विशाखा शाक्यले मञ्जुश्री चर्या नृत्य प्रस्तुत गर्नेछिन् । 

श्रीपन्चमीको दिन साँझको ५ बजे शुरु हुने भनिएको उक्त सांगितिक कार्यक्रममा नेवार पत्रकारहरुको राष्ट्रिय संगठन नेवाः पत्रकार राष्ट्रिय दबूको नवनिर्वाचित केन्द्रीय समिति तथा नेवारहरुको राष्ट्रिय संगठन नेवाः देय् दबूको ललितपुर शाखायात शुभकामना पत्र प्रदान गरिने कार्यक्रम समेत रहेको आयोजक समितिका संयोजक सुृरजवीर बज्राचार्यले जानकारी गराउनु भयो । कार्यक्रम १६ वडा अध्यक्ष निर्मलरत्न शाक्यको अध्यक्षतामा हुनेछ । 

कलाको विकास तथा कलाकारहरुको प्रोत्साहनका लागि दुई बर्षअघि ललितपुर महानगरपालिका १६ वडाले कलाकार समिति निर्माण गरेको हो ।  यस समितिले गायन तथा नृत्य प्रतियोगिता, इन्द्रजात्रा सांस्कृतिक कार्यक्रम, होली सांस्कृतिक कार्यक्रम, नेपाल सम्वतको नयाँ बर्षको अवसरमा सांस्कृतिक कार्यक्रम लगायतका कार्यक्रमको आयोजना गर्दै आएको छ भने १६ वडाका कलाकारहरुलाई सहुलियत शूल्कमा कला प्रतिक्षण दिने उद्देश्यले कला पाठशाला पनि संचालन गरिरहेको छ ।

Categorized in साहित्य-कला