STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

श्रीमती हत्यामा सजायँ पाएका पूर्वडीआइजी थुनामुक्त

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ८, बिहिबार

काठमाडौं : पूर्वडीआइजी रञ्जन कोइराला बिहीबार थुनामुक्त भएका छन्। डिल्लीबजार कारागारमा रहेका कोइराला बिहीबार दिउँसो थुनामुक्त भएका हुन्। श्रीमती गीता ढकालको हत्या आरोपमा २०६८ माघ ८ गते चितवनको नारायणगढबाट काठमाडौं फर्किर्दै गर्दा प्रहरीले उनलाई पक्राउ गरेको थियो। श्रीमती हत्याको मुद्दामा काठमाडौं जिल्ला अदालत र पाटन पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो। सोही मुद्दामाथि सुनुवाइ गर्दै असार १५ गते सर्वोच्च अदातले उनको थुनाअवधि घटाएर आठ वर्ष ६ महिनामा झारेपछि उनी बिहीबार रिहा भएका हुन्। सर्वोच्चको फैसलापछि कोइराला श्रीमती हत्या मुद्दामा साढे ११ वर्ष कैद छुट पाएर जेलमुक्त भएका हुन्। असार १५ मा मात्र छोराछोरीको संरक्षण, शिक्षादिक्षामा प्रभाव पर्ने देखिएको भन्दै सर्वोच्च अदालतले कोइरालाको सजाय घटाउने फैसला गरेको थियो। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले यस्तो फैसला गरेको हो। कोइरालालाई काठमाडौँ जिल्ला अदालतले २०७१ वैशाख ७ गते सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो। सोही फैसलालाई २०७२ मंसिर २३ गते पुनरावेदन अदालत पाटनले सदर गरेको थियो। श्रीमतीको हत्या गरेर जन्मकैदको सजायमा छुट भएपछि जेलमुक्त भएका कोइरालालाई लिन भने बिहीबार डिल्लीबजार कारागारमा उनकी प्रेमीका तारा रेग्मीका पुगेकी थिइन्। तारा बा १८ च ५४१७ नम्बरको कार लिएर पूर्वडीआईजी कोइराला लिन पुगेकी हुन्।  
Categorized in अपराध-दुर्घटना