STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

श्रीलंकामा बुर्का लगाउन प्रतिबन्ध : हजार बढी इस्लामिक विद्यालयहरु बन्द हुने

Janjati Khabar – एजेन्सी | २०७७ चैत्र १, आइतबार

श्रीलंका सरकारले महिलाहरुलाई बुर्का लगाउन प्रतिबन्ध लगाउनुका साथै १ हजारभन्दा बढी इस्लामिक विद्यालयहरु बन्द गर्ने तयारी गरेको छ।

श्रीलंकाका पब्लिक सेक्युरिटी मन्त्री सरथ वेरासेकरले बुर्का लगाउन प्रतिबन्ध लगाउने प्रस्तावित कानुनमा आफूले हस्ताक्षर गरेको बताएको अलजजीराले जनाएको छ।

उनले पहिला बुर्का लगाउन चलन नै नभएको भन्दै बुर्का लगाउनुलाई धार्मिक अतिवादको संज्ञा समेत दिए। यो कानुन मन्त्रिपरिषद र संसदबाट स्वीकृत भने हुन बांकी छ।

उनले इस्लामिक विद्यालयहरु बन्द गर्ने पनि बताए। कसैलाई विद्यालय खोलेर आफूलाई जे मन लाग्यो त्यही छोराछोरीलाई पढाउन छुट छैन, उनले भने।

श्रीलंकामा मुस्लिम समुदाय र सरकारबिच अहिले मृत्यु संस्कारलाई लिएर विवाद भइरहेको बेला बुर्का र मदरसा बन्द गर्ने प्रस्ताव आएको हो।

कोरोना संक्रमणबाट मृत्यु भएका मुस्लिम समुदायका व्यक्तिहरुलाई पनि सरकारले जलाउने गरेकोमा मुस्लिम समुदायले विरोध गर्दै आइरहेको छ।

मानवअधिकारवादी संघसंस्थाहरुले भने सरकारले उक्त प्रस्ताव इस्लामविरुद्ध लक्षित भएको भन्दै विरोध जनाउँदै आएको छ। यसअघि सन् २०१९ मा इस्टर आक्रमणपछि पनि बुर्का लगाउन श्रीलंकामा प्रतिबन्ध लगाइएको थियो।

अन्तर्राष्ट्रिय आलोचनापछि यही वर्षको सुरुवातमा उक्त प्रतिबन्ध हटाइएको थियो। राष्ट्रिय सुरक्षाको नाममा फेरि बुर्का लगाउन प्रतिबन्ध लगाउने र मदरसा नै बन्द गर्ने प्रस्ताव श्रीलंकाले ल्याउन लागेको हो।

धार्मिक अतिवादविरुद्ध लड्न भन्दै श्रीलंका सरकारले ल्याएको विवादस्पद एन्टी टेरर ल घोषणा गदै श्रीलंकाली सरकारले इस्लाम धर्मवालम्बीहरुलाई प्रभावित हुने कानुन ल्याएको हो।

उक्त कानुन अनुसार कुनैपनि शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर दुई वर्षसम्म कैद गर्न सक्ने उल्लेख गरिएको स्थानीय संचारमाध्यमहरुले जनाएका छन्।

Categorized in अन्तर्राष्ट्रिय