STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

संक्रमितको बसोबास रहेकोले मैतीदेवी क्षेत्र सिल

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ७, बुधबार

काठमाडौं – कोरोना संक्रमित भेटिएपछि मैतीदेवी क्षेत्र सिल गरिएको छ । मंगलबार कोराना संक्रमित पुष्टि भएका रामेछापका व्यक्ति मैतीदेवी क्षेत्रमा बसिरहेकाले उक्त क्षेत्र सिल गरिएको हो । सडकमा डोरी बाँधेर ‘कोरोना प्रभावित क्षेत्र’ लेखी आवतजावतमा प्रतिबन्ध लगाइएको छ । उक्त क्षेत्रमा प्रहरी पनि परिचालित छन् । योसँगै संक्रमितको सम्पर्कमा आएका मैतीदेवी क्षेत्रका मानिसहरुको स्वाब संकलन पनि भइरहेको छ । संक्रमितका परिवारका ८ जना र उसको सम्पर्कमा आएका ७ जनाको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । खाँडादेवी गाउँपालिका १ का सो संक्रमित व्यक्ति वैशाख ३० गते काठमाडौं आएका थिए ।
Categorized in राष्ट्रिय