STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

संचित सहकारीकाे क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ आश्विन २, शनिबार

भक्तपुरकाे सूर्यविनायकस्थित संचित सहकारीका सञ्चालक पदाधिकारी तथा विभिन्न उपसमितिका सदस्यहरुलाई लक्षित गरी एक हप्ते क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । संस्थाकाे शिक्षा उपसमितिले शिष्टता मिलाएर बोल्ने शैली तथा आैपचारिक कार्यक्रम सञ्चालन गर्ने सम्बन्धीको तालिम दिएको हो । 

तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष याेगेन्द्र खर्बुजाले संस्थागत विकासलाई दृष्टिगत गरी क्षमता विकास तालिम आयाेजना गरेकाे कुरा   अध्यक्ष खर्बुजाले बताए । तालिम कार्यक्रमले सार्वजनिक रूपमा बाेल्न नसक्ने प्रशिक्षार्थीहरूकाे सिलसिला मिलाएर बाेल्ने शैलीको विकास भएकाे बताए ।

भदौ चाैंथाे हप्तादेखि भुलांचास्थित संस्थाकाे आफ्नै भवनमा आयोजित कार्यक्रमलाई एक समारोहकाबीच शुक्रबार समापन गरिएको छ । सञ्चारकर्मी केके मानन्धरले प्रशिक्षण दिएको तालिम कार्यक्रमलाई ईन्दिरा प्रजापतिले संयोजन गरेकी हुन् । क्षमता अभिवृद्धि तालिम कार्यक्रममा विभिन्न पेशा र व्यवसायमा आवद्ध भएका सहकारीका पदाधिकारी तथा सदस्यहरुको उत्साहजनक सहभागिता थियो । 

२०६६ सालमा स्थापना भएकाे संस्थाले वित्तीय सुशासनलाई ध्यान दिँदै सामाजिक उत्तरदायित्व समेत पूरा गर्दै आएकाे छ । देशमा काेभिड- १९ काे महामारी फैलिएको बखत भक्तपुर नगरपालिकाले अक्सिजन प्लान्ट र स्वास्थ्य क्षेत्र विकास गर्न आह्वान गरेकाे काेषमा संस्थाले रू एक लाख नगद सहयाेग गरेकाे थियाे । जिल्लाकै उत्कृष्ट दस सहकारीहरूकाे सुचीमा सुचिकृत गराउन सफल भएकाे संस्थाले आ. व. २०७७/०७८ मा ५६ कराेड रूपियाँकाे काराेवार गरेकाे छ ।

Categorized in उपत्यका