STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

संविधानको मर्म र भावनाअनुसार नै राउतसँग सम्झौता ः मन्त्री पण्डित

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण ३०, बिहिबार

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले डा सिके राउतसँग सरकारले गरेको सम्झौता संविधानको मर्म र भावनाअनुसार नै रहेको बताउनुभएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री पण्डितले राउतसँग सहमति पत्रमा उल्लेख गरिएको तराई–मधेशलगायत देशका कतिपय स्थानमा रहेका असन्तुष्टिलाई जनअभिमत आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्ने भनिएको वाक्य जनमत सङग्रहमा जाने सहमति होइन भन्दै उहाँले जनअभिमतको आशय निर्वाचन हो भन्नुभयो । सहमति पत्रका हस्ताक्षरकर्ता र कार्यकर्ताले सहमतिको पूर्णपालन नगरेमा सरकारले एक्सन लिने बताउँदै मन्त्री पण्डितले संविधान विरोधी गतिविधि सह्य नहुने धारणा राख्नुभयो । एक प्रश्नको जवाफमा मन्त्री पण्डितले सरकारले विप्लवसँग युद्ध निमत्याउने कार्य नगरेको स्पष्ट गर्दै मूलधारमा आउन ढोका खोलेको छ भन्नुभयो । उहाँले वार्तामा आउनका लागि सधैँ ढोका खुल्ला छ भन्नुहुँदै सरकारले सबैलाई मूलधारमा ल्याउन चाहेको बताउनुभयो । मन्त्री पण्डितले १५ दिनभित्र समायोजनका सम्पूर्ण कार्य सम्पन्न हुने बताउँदै लोकसेवा आयोगले कर्मचारीको अभावलाई पूरा गर्न १५ देखि २० हजार नयाँ भर्नाका लागि विज्ञापनको तयारी गरिरहेको जानकारी गराउनुभयो ।
Categorized in राष्ट्रिय