STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

संसद्मा राजश्व चुहावट विधेयक पेश

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ६, सोमबार

‘राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण पहिलो संशोधन विधेयक, २०७५’ प्रतिनिधिसभाको आजको बैठकमा पेश भएको छ ।
 
प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले विधेयक प्रतिनिधिसभाको आजको बैठकमा पेश गर्नुभएको हो । यसअघि विधेयकमाथि सांसद प्रेम सुवालले प्रस्तुत गर्नुभएको विरोधको सूचना सभाको बहुमतले अस्वीकृत गरेको थियो । 
  विरोधको सूचनामार्फत् सांसद सुवालले उठाउनुभएका प्रश्नको जवाफ दिनुहुँदै अर्थमन्त्री खतिवडाले सदाचारका मूल्यमान्यता अनुरुप काम नगर्ने कर्मचारीलाई कानूनअनुसार कारवाही हुने बताउनुभएको थियो ।
 कर उन्मुक्ति हुने क्षेत्रमा सरकारको ध्यानाकर्षण भएकाले थप व्यवस्थित हुने उहाँको भनाइ थियो । नेपाल राष्ट्र बैंकको अनुमति नलिई विदेशमा खोलिएका खातावालालाई कारवाही गरिने प्रतिबद्धतासमेत मन्त्री खतिवडाले जनाउनुभयो ।
Categorized in राष्ट्रिय