STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सः छगू फरक अभिब्यक्तिमा मथुरा साय्मि

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण ५, आइतबार

सः छगू फरक अभिव्यक्ति अन्तर्गत मथुरा साय्मिको प्रस्तुतिको रुपमा तेश्रो नेपालभाषा साहित्य गोष्ठी हालै सम्पन्न भयो । शनिबार पाटनमा भएको सो कार्यक्रममा वरिष्ठ साहित्यकार तथा कथाकार मथुरा साय्मिले एकल कथा वाचन गरिएको थियो । लेखक साय्मिले बाध्यात्मक रुपमा चली आएको कुसंस्कारलाई नाग्न नसकेर आफ्नी मातालाई औषधीमुलो गर्न नसकेर बचाउन नसकेको गरिबको मनमा वाण हान्ने खालको कथा, विकासको नाममा सरकारले निर्ममपूर्वक दमन गरी डोजर आतंक मच्चाएर नेवारहरुको घर भत्काइ दिएको कथा, मासु खाने बुद्ध, प्रेम परीक्षा, भुलले खाएको विष पढेर सुनाउनु भएको थियो । सो कार्यक्रममा ज्ञानीराजा मानन्धरको ‘मतिनाया सवाः’ (कथा संग्रह) मधुरा साय्मि, नरेश अमात्य र सुधीर ख्वविले संयुक्त रुपमा विमोचन गर्नु भएको थियो । कार्यक्रममा मायाको चिनो राज अक्ष्यभलाई र कथाकार मथुरा साय्मिलाई सुधीर ख्वविले प्रदान गर्नु भएको थियो ।
Categorized in राष्ट्रिय