STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सङ्घीय प्रहरी एकाइको भवन निर्माण

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र ३, मंगलबार

सङ्घीय प्रहरी एकाइ कार्यालयका लागि साढे दुई तल्ले १६ कोठे आधुनिक सुविधासम्पन्न भवन निर्माण गरिएको छ ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कोषको रु दुई करोड ७८ लाख ७० हजार २९६ को लागतमा सो भवन निर्माण गरिएको हो । सोही कार्यालयको हातामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कोषको रु तीन करोड २५ लाखसात हजार ५८६ को लागतमा ब्यारेक भवन निर्माण गरिने भएको छ । आव २०७६÷७७ सम्ममा निर्माण गरिने लक्ष्य रहेको तीनतल्ले सुविधासम्पन्न उक्त भवनमा ब्यारेकसहित भान्छा, स्नानगृह, शौचालयलगायत अन्य आवश्यक पूर्वाधार रहनेछन् ।नवनिर्मित उक्त भवन आज यहाँ उद्घाटन गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सेवाको प्रभावकारिता बढाउन भौतिक पूर्वाधार अपरिहार्य भएको बताउनुभयो । समाज एवम् राष्ट्रको शान्तिसुरक्षामा नेपाल प्रहरीले निरन्तर महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ भन्दै उहाँले शान्ति र सुक्षाको प्रभावकारिताका लागि नवनिर्मित भवन बहुउपयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो । पर्यटकीय नगरी पोखराको लेकसाइडमा केही समययता देखिएका विकृतिजन्य क्रियाकलाप तथा सुरक्षासँग सम्बन्धित समस्या समाधानका लागि स्थानीय तहसँग समन्वय गर्न प्रहरी महानिरीक्षक खनालले प्रहरीलाई निर्देशन दिनुभयो ।उहाँले निकट भविष्यमा सोही कार्यालयको हाताभित्र निर्माण गरिने ब्यारेक शिलान्यास गर्नुभयो । गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव मनोहरप्रसाद खनालले मुलुकको शान्ति र सुरक्षामा अहोरात्र खट्ने प्रहरीलाई साधनस्रोत सम्पन्न बनाउन प्रदेश सरकार कटिबद्ध रहेको बताउनुभयो ।सुरक्षामा सहयोग पु¥याउने उद्देश्यअनुरुप प्रदेश सरकारले प्रहरीलाई रू७० लाख बराबरको ३५ थान मोटरसाइकल उपलब्ध गराएको बताउँदै उहाँले चालू आवमा भौतिक संरचना निर्माणका लागि रु ३२ करोड विनियोजन गरेको जानकारी दिनुभयो ।प्रहरी नायब महानिरीक्षक विनोद शर्मा घिमिरेले समाजमा शान्तिसुरक्षा कायम गर्न आचारसंहिता बनाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सङ्घीय प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंह, नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष दामु अधिकारी, प्रहरी निरीक्षक चतुर्भुज बोहोरालगायतले नवनिर्मित भवनसँगै प्रहरी सेवाको प्रभावकारिता वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा भवन निर्माणमा योगदान पु¥याउनुभएका प्रहरी नायब निरीक्षक गणेश पाण्डे, हबल्दार बुद्धि श्रेष्ठ र जवान गौतम कुमाललाई सम्मान गरिएको थियो ।
Categorized in राष्ट्रिय