STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सत्य मोहन जोशीद्वारा ‘स्याचुपि’ लोकार्पण

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण २४, शनिबार

ल्याय्म्ह पुचः थिमिद्वारा प्रकाशित “स्याचुपि” नामक कविता संग्रह पुस्तक आज थिमिमा लोकार्पण गरिएको छ । बाङ्गमय शताब्दी पुरुष एवं संस्कृतिविद् डा सत्यमोहन जोशीले उक्त पुस्तकको लोकार्पण गर्दै कविताको माध्यमबाट पनि समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै कविताको महत्वका विषयमा चर्चा गर्नुभएको थियो । मुलुकको विभिन्न कालखण्डमा घटेका घटनालाई कविताको माध्यमबाट जनमानसमा चेतना दिने र स्याचुपिको अर्थको बारेमा प्रकाश पार्दै मध्यपुर थिमिका साहित्यकार एवं पुस्तकका लेखक कवि ओमनहरि साहु श्रेष्ठले मानिसमा भएका रिस राग, लोभ, द्वोष, भय, तनावबाट मुक्त गर्ने हुने भावको नामबाट स्याचुपि कविता संग्रह तयार गरेको बताउनुभयो । पुचःका अध्यक्ष नरेश श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रदेश नं ३ का प्रदेशसभा सदस्य डा राजेन्द्रमान श्रेष्ठले पुस्तकको नामअनुसार कविता पनि मिलेको भन्दै सामाजिक क्षेत्रमा व्याप्त रहेको हत्या हिसा, भ्रष्टाचार, लुटपाटआदिको अन्त्य हुनुपर्ने भावना पुस्तकमा रहेको बताउनुभयो । कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले नगरको विकास र समृद्धिका विभिन्न योजनाका बारेमा जानकारी दिनुभयो । कार्यक्रमका संयोजक रामकाजी श्रेष्ठ, पुचःका पूर्वअध्यक्ष ओमप्रकाश श्रेष्ठले नगरमा नेपाल भाषा क्षेत्रमा विशेष कार्य गर्ने उद्देश्यले विसं २०४२ मा पुचःको स्थापना भएको जानकारी दिँदै पुचःको स्थापनाकालदेखि नै शिक्षा, स्वास्थ्य, वातावरण, खानेपानी क्षेत्रमा विशेष कार्य गर्दै आएको बताउनसभयो । पुस्तकमा कवि श्रेष्ठले विभिन्न समयमा लेखिएको २६ वटा कविता संग्रहित छन् ।
Categorized in राष्ट्रिय