STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सप्तकोशीमा पानी जहाज दुर्घटना, १३ को उद्धार

Janjati Khabar – Janjati Khabar | २०८० कार्तिक १७, शुक्रबार

धरान - सप्तकोशी नदीमा सशस्त्र प्रहरीको पानी जहाज दुर्घटना भएको छ। एक दर्जनभन्दा बढी चढेको पानी जहाज शुक्रबार सुनसरीको चतराघाटस्थित सप्तकोसी नदीमा दुर्घटना भएको हो। उदयपुरतर्फ जाने क्रममा पानी जहाज दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर विराटनगरका पत्रकार कुमोद अधिकारी घाइते भएका छन्। १३ जनाको उद्धार गरिएको छ। सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले उद्धार गरिरहेको छ।

घाइतेलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी नवीनकृष्ण भण्डारीले बताए।

Categorized in अपराध-दुर्घटना