STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

समाचारप्रति कीर्तिपुरको हिलटाउन स्कुलको ध्यानाकर्षण

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र १७, सोमबार

कीर्तिपुर– स्कुलको नाम जोडी कोरोना भाइरससम्बन्धी विभिन्न संचारमाध्यममा प्रकाशित समाचारप्रति हिलटाउन स्कुलले एक ध्यानकर्षण पत्र सार्वजनिक गरेको छ । कीर्तिपुर वडा नं. १ बाघभैरव क्षेत्रस्थित हिलटाउन स्कुलका सुरक्षागार्ड दीपक लावतीकी दुबईबाट फर्किएकी बहिनी कल्पना लावतीलाई कोरोना भाइरसको संक्रमण भएको आशंकामा अस्पताल भर्ना गरिएको थियो । यो घटना समाचारको रुपमा बाहिरिएपछि यसले निम्त्याएको त्रासको वातावरणलाई मध्यनजर गर्दै स्कुलले ध्यानाकर्षण पत्र सार्वजनिक गरेको हो । ध्यानकर्षण पत्रमा उल्लेख छ, “चैत ६ गतेबाट विद्यालय बन्द रहेको, शैक्षिकलगायत सम्पूर्ण प्रशासनिक गतिविधि स्थगित भइसकेको समय विद्यालयका आवासीय सुरक्षागार्डले चैत ७ गतेदेखि विदेशबाट फर्किएका आफन्तलाई प्रशासनको जानकारीबिना आश्रय दिएको हो । उनले तुरुन्तै गाउँमा फर्काउने प्रयास गरे पनि पहिले यातायातको समस्याको कारण र पछि सरकारको लकडाउनको कारण स्कुलमै रहनुपरेको हो । चैत १६ गते आइतबार कल्पना लवातीको टाउको दुखेको कारण कीर्तिपुर अस्पतालमा परीक्षण गराउन जाँदा कोरोना संक्रमणको आशंकामा थप परीक्षणको लागि पाटन अस्पताल रिफर गरिएको थियो ।” हिलटाउन स्कुलमा लावतीसँगै दुईजना सुरक्षागार्ड रहेको उल्लेख गर्दै ध्यानाकर्षण पत्रमा भनिएको छ, “दुवै सुरक्षागार्ड परिवारसहित स्कुलमा बस्दै आएका हुन् । सेल्फ क्वारेन्टाइनसरह स्कुल हाताबाट बाहिर ननिस्कने भएको हुनाले स्कुल वरपरका स्थानीय बासिन्दा, अभिभावक, विद्यार्थीलगायत सबैलाई त्रसित नहुन अनुरोध छ । सबैको स्वास्थ्यप्रति स्कुल परिवार सदैव गम्भीर छ ।” कल्पना लावतीको उपचार भइरहेको छ भने मंगलबार मात्र रिपोर्ट आउने अस्पताल स्रोतले जानकारी दिएको छ ।
Categorized in राष्ट्रिय