STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

समाजसेवी अजरमान जोशीलाई प्रधानसेनापति प्रशंसा पदक

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ चैत्र १, आइतबार

ललितपुरमा जनतासंग सेनाको कार्यक्रमलाई प्रभावकारी बनाउन पुर्याउनुभएको महत्वपूर्ण योगदानलाई कदर गर्दै नेपाली सेनाले समाजसेवी अजरमान जोशीलाई प्रधानसेनापति प्रशंसा पदकबाट सम्मानित गरेको छ ।

सेना दिवस– २०७७ को अवसरमा जोशीलाई नेपाली सेनाले सो पदक प्रदान गरेको हो भने नेपाली सेनाको राजदल गणले जनतासंग सम्बन्ध बढाउन आयोजना गरेको विभिन्न कार्यक्रम सफल बनाउन जोशीले संयोजनकारी भुमिका निर्वाह गर्नुभएको थियो । त्यही भुमिकाको कदर गरी सो पदक प्रदान गरिएको बुझिएको छ ।

जनतासंग सेना कार्यक्रम अन्तर्गत ललितपुरको पाटन दरबार क्षेत्रमा आयोजित विशेष ‘ब्यान्ड डिस्प्ले’ सम्पन्न गर्न जोशीले समन्वयकारी भूमिका निर्वाह गर्नुभएको थियो । त्यस्तै सामाजिक, सरसफाई कार्यक्रममा गणका सेनालाई सहभागी गराउन र सेनासंग मिलेर विद्यालयका बालबालिकाहरुलाई विपद सम्बन्धी कार्यक्रम सञ्चालन गर्न जोशीले अग्रसर हुनुभएको थियो । नेपाली सेनाले अघि सारेको एकिकरण पदमार्गलाई ललितपुरको सन्दर्भमा प्रवर्द्धन गर्न पनि जोशीको योगदान रहेको बताइएको छ ।

सेनाले आयोजना गरेको एकिकरण अवधारणाको विचार गोष्ठीमा सहभागी भइसक्नुभएका जोशीले सो अवधारणाले राष्ट्रिय गौरवमा वृद्धि गर्ने विश्वास व्यक्त गर्दै त्यसले ऐतिहासिक महत्वका क्षेत्र, गढीहरुको संरक्षण गर्ने छ र ती स्थानलाई पर्यटकीय गन्तव्य बनाउन सघाउने छ ।अन्ततः त्यसले स्थानीयस्तरमा आर्थिक विकासमा टेवा पुर्याउने छ भन्ने धारणा प्रधानसेनापति प्रशंसा पदकबाट सम्मानित  जोशीको रहेको छ भने जोशीले आफ्नो योगदानलाई कदर गरेकोमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा , राजदल गण लगायत नेपाली सेनालाई आभार प्रकट गरेका छन् भने जोशी ललितपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत हुन् ।

Categorized in व्यक्तित्व