STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सरकारकाे निर्णयकाे खबर प्रहरीसम्म कहिले पुग्छ ?

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २९, बिहिबार

काठमाडाैं - बुधबार राति बसेको मन्त्रिपरिषद बैठकले लकडाउन खुकुलो पार्ने निर्णय गर्दै पसलहरु खोल्न दिने र सवारी साधनहरु जोर कि बिजोर प्रणालीका आधारमा चल्न दिने निर्णय गरेको छ । तर, सरकारको निर्णय बिहीबार बिहानसम्म राजधानीकै प्रहरीसम्म पुगिसकेको छैन । बिहीबार बिहान प्रहरीले नयाँबानेश्वर संसद भवन अगाडि केही मोटरसाइकल र स्कुटीहरु नियन्त्रणमा लिएपछि सर्वसाधारण र प्रहरीवीच भनाभन भइरहेको थियो । प्रहरीहरुले माथिको आदेश भन्दै उनीहरुलाई गन्तव्यमा जान नदिई रोकेर राखेका थिए । मोटरसाइकल चालकहरु सरकारले पसल व्यवसाय चलाउन दिने र जोर कि बिजोर प्रणालीका आधारमा गाडी चल्न दिने भनेको बताउँदै थिए । तर, प्रहरी भने सरकारको निर्णय आफूहरुसम्म आइनपुगेको जवाफ दिइरहेका थिए । बुधबार राति अबेरसम्म बसेको मन्त्रिपरिषदले जनसरोकारको महत्वपूर्ण विषयमा निर्णय गरेको भएता पनि मन्त्रीहरु बैठकपछि घर–घरमा सुत्न गए । उनीहरुले सरकारको निर्णयको औपचारिक जानकारी मिडियालाई सम्म दिएनन् । 
Categorized in राजनीति