STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सरकारमा जाने जनमत पार्टीको केन्द्रीय समिति बैठकको निर्णय

Janjati Khabar – Janjati Khabar | २०७९ मङ्सिर २२, बिहिबार

 

काठमाडौं - जनमत पार्टी सरकारमा जाने भएको छ । विहीबार (आज) बसेको जनमत पार्टीको केन्द्रीय समितिको बैठकले सरकारमा जाने निर्णय गरेको हो ।

सत्ता गठबन्धनले सरकारलाई सहयोग गर्न गरेको आग्रहलाई सकारात्मक रूपमा लिँदै जनमत पार्टीले गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

गठबन्धनसँग वार्ता गर्नका लागि कार्यकारिणी समितिको बैठकले कार्यदलले बनाउने निर्णय समेत गरेको छ । संघमा सामान्य हेरफेर हुने देखिएको बताइएको छ । बैठकले संसदीय दलको विधान पनि पारित गरेको जानकारी गराइएको छ ।

यसका साथै जनमत पार्टीले संघका लागि समानुपातिक नामको पनि टुङ्गो लगाएको छ । जानकारी अनुसार आयोगमा पेस गरिएको समानुपातिक उम्मेदवारको बन्द सूचीअनुसार विनीताकुमारी सिंह, अनिता साह, सोनु मुर्मुर, अब्दुल खान र गोमा सापकोटालाई समानुपातिक संसदमा चयन गरेको छ ।

Categorized in राजनीति