सरकारमा जाने तीन मन्त्रीको टुंगो लाग्यो, कुलमान घिसिङ ऊर्जा मन्त्री, रामेश्वर खनाल अर्थमन्त्री बन्ने
Janjati Khabar – Janjati Khabar | २०८२ भाद्र २९, आइतबार
काठमाडौं - प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंगो लागेको छ । प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार, अर्थ मन्त्रालयमा रामेश्वर खनाल, गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा कुलमान घिसिङको नाम टुंगो लागेको हो ।
गृहमन्त्री अर्यालले कानुन मन्त्रालयको समेत जिम्मेवारी पाउने भएका छन् ।
‘यो प्रारम्भिक सूची हो । उहाँहरूले पाउने मन्त्रालयको जिम्मेवारी थपिन सक्छ,’ स्रोतले भन्यो ‘उहाँहरूको पत्र बनिसकेको छ ।’
उनीहरूको शपथ ग्रहण भने भोलिमात्रै हुने बताइएको छ । ‘भोलि बिहान शपथ हुन्छ,’ स्रोतले भन्यो ।
Categorized in राष्ट्रिय

