STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सरकारी अस्पतालमा अब कोरोनाकाे परीक्षण र उपचार निःशुल्क

Janjati Khabar – Janjati Khabar | २०७७ कार्तिक २५, मंगलबार

काठमाडौं – सरकारले आफ्नो पूर्व निर्णय सच्याउँदै सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निश्चित वर्गको मात्र परीक्षण र उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा गर्नुपर्ने निर्णय सच्याएर सबैलाई सरकारी प्रयोगशालामा कोरोनाको परीक्षण निःशुल्क र सरकारी अस्पतालमा निःशुल्क उपचार हुने व्यवस्था गरेकाे एक मन्त्रीले जानकारी दिए ।

मन्त्रिपरिषद्को निर्णयमा निजी अस्पतालबारे भने बोलिएको छैन ।

सर्वोच्च अदालतले १५ असोजमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न आदेश दिएको थियो । फैसला पुनरावेदनका लागि सरकारले दिएको निवेदन समेत खारेज भएपछि सरकारलाई निर्णय उच्याउन दबाब परेको थियो ।

बैठकले कोरोनाको भ्याक्सिन बन्नासाथ नेपालमा ल्याउने पहल गर्न अर्थ, परराष्ट्र र स्वास्थ्य सचिव रहेको कमिटी समेत बनाउने निर्णय गरेको जनाइएकाे छ ।

Categorized in राजनीति