STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सरकार सहि गतिमा अगाडि बढिरहेको छ ः मन्त्री अर्याल

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन ६, सोमबार

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले अहिले सरकार सहि गतिमा अगाडि बढिरहेको बताउनुभएको छ । राष्ट्रिय सहकारी महासङ्घ लिले भक्तपुरमा आइतबार आयोजना गरेको प्रदेश तथा स्थानीय तहको समृद्धिका लागि सहकारी विषयक दुई दिने प्रादेशिक गोष्ठीमा उहाँले अहिले निरासा बढाउने कोसिस गरिए पनि निरासा हुनुपर्ने अवस्था नभएको बताउनुभयो । नेपाली जनताले लामो सङ्घर्षले प्राप्त गरेको गणतन्त्र सबैले कुशलतापूर्वक काम गरेर जनताको मन जित्न सकियो भने सफल हुन्छ भन्दै मन्त्री अर्यालले राम्रो ढङ्गले काम गर्न र जनताको मन जित्न नसकेमा गणतन्त्र पनि जोगाउन कठिन हुने धारणा राख्नुभयो । अहिले पनि आक्रमण गर्ने, अविश्वास खडा गर्ने, व्यवस्थामाथि प्रश्न उठाउने गरी चलखेल शुरू भइरहेको भन्दै यी कुरालाई चिर्दै जनप्रतिनिधि सचेत हँुदै सुक्ष्म र सिर्जनशील ढङ्गले जनताको घरदैलोमा लाभान्वित हुने खालको काम गर्न मन्त्री अर्यालले स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । अब विकासका निम्ति हिजोका नमिलेका पुराना कानूनलाई संशोधन गर्दै जानुपर्ने भन्दै जनताले अनुभूत गर्ने सरकार भनेको स्थानीय तह भएको भन्दै सचेत भएर काम गर्न उहाँले स्थानीय पालिकालाई आग्रह गर्नुभयो । मन्त्री अर्यालले खासगरी योगना बाँडफाँटका क्रममा हुने गरेका बेथितिलाई रोक्दै कागज मिलाएर व्यक्तिगत स्वार्थमा प्रयोग गर्नेलाई नभएर सहीरूपमा जनताको काममा योजना लगाउनेलाई काम दिन आग्रह गर्नुभयो ।
Categorized in राष्ट्रिय