STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सर्पदंशका बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन ३०, बिहिबार

कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले सर्पदंशका बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । गाउँकार्यपालिकाको बुधबार बसेको बैठकले गाउँपालिकाभित्रका सर्पदंशका बिरामीलाई उपचार केन्द्रसम्म पु¥याउनका लागि निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरेको हो । “सर्पदंशका बिरामीले समयमै उपचार नपाउँदा ज्याउन जाने समस्या निम्तिन थालेपछि निःशुल्करूपमा एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेका छौँ”, गाँउपालिका अध्यक्ष धनबहादुर थापा क्षेत्रीले भन्नुभयो, “यसबाट सर्पदंश लागेका बिरामीको ज्याउन जोगाउन मद्दत पुग्नेछ ।” गाउँपालिकामा सर्पदंश उपचार केन्द्र नहँुदा बिरामीलाई टाढाको अर्जुनी, धनगढीलगायतका क्षेत्रमा उपचारका लागि पुग्नुपर्ने बाध्यता रहेको छ । स्रोत व्यवस्थापनको अभावमा गाउँपालिकाले सर्पदंश उपचार केन्द्र सञ्चालन गर्न सकेको छैन । गाउँपालिकाको केही भाग सिमसार र वनजङ्गलले ढाकिएको हुँदा प्रतिवर्ष यस क्षेत्रमा सर्पदंशका बिरामीको सङ्ख्या थपिदै जाने गरेको छ । मृत्यु भएका व्यक्तिका परिवारलाई किरिया खर्च हात्तीको आक्रमणबाट बुधबार मृत्यु भएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका अन्दाजी ६५ वर्र्षीय बलदेव बोहराका परिवारलाई किरिया खर्च उपलब्ध गराइने भएको छ । शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले मृतकको घरमै पुगेर रु २५ हजार किरिया खर्चवापतको रकम उपलब्ध गराउने घोषणा गर्नुभएको हो । गाउँ नजिकैको सिद्धबैजनाथ सामुदायिक वन भएर कृष्णपुर नगरपालिकाको बाणीतर्फ साइकलमा जाँदै गर्दा जङ्गली हात्तीको आक्रमणमा परी बोहराको ज्यान गएको हो । अर्का सोही ठाउँका स्थानीयवासी नारायण सार्कीले भागेर ज्यान जोगाएका छन् । दुई सातादेखि हात्तीको बथानले यस क्षेत्रका बस्तीमा पुगेर उपद्रो मच्चाउँदै आएको छ । बस्ती नजिकैको सामुदायिक वनबाट हात्ती भगाउनका लागि अहिले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ ।
Categorized in राष्ट्रिय