STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सल्लाघारीमा रुख ढल्दा ३ जनाको मृत्यु,१२ जना घाइते

Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण ८, आइतबार

भक्तपुर - भक्तपुरको सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई किच्दा ३ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट भक्तपुरको दुघपाटी तर्फ जाँदै गरेको बा. २ ख ३५८४ नम्बरको बसमा सवार २ जना र बा.६१ प ३९७८ नम्बरको स्कुटरमा सवार १ जनाको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा परेर घाइते भएका १२ जनाको उपचार भइरहेको छ ।

मृत्यु हुनेमा भक्तपुर नगरपालिका–२ ब्यासी घर भएका २३ वर्षीय विशेष खर्बुजा छन् । अरु दुई जनाको परिचय खुलेको छैन ।

भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित ग्रिनल्याण्ड होटल गेट अगाडि गुडिरहेको बस र स्कुटरलाई सल्लाको रुख ढलेर थिचेकाे थियाे ।

अहिले नेपाली सेनाले सडकमा ढलेका रुख हटाउने काम गरिरहेको छ ।

Categorized in उपत्यका