STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सहकारी ठगीमा गृहमन्त्री मुछिएपछि चौतर्फी आलोचना

Janjati Khabar – Janjati Khabar | २०८१ बैशाख ११, मंगलबार

इलाम - गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेले सहकारीमा बचत गरेको जनताको पैसा जसरी पनि फिर्ता गर्ने बताएका छन् । 

इलामको चुलाचुलीमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री लामिछानेले नीति ल्याएर, कानुन बनाएर वा संशोधन गरेर भए पनि जनताको पैसा फिर्ता हुने वातावरण सरकारले बनाउने बताएका हुन् । 

उनले भने– ‘सरकारले गृहकार्य गरिरहेको छ, प्रधानमन्त्रीसँग नियमित छलफलमा छु, अध्यादेशबाट कानून ल्याएर भएपनि जनताको बचत फिर्ता गरिन्छ । ‘सञ्चालकको जायजेथा बिक्री गर्न कानून अभाव भनिएको छ, यदि हो भने कानुन बनाएर भए पनि तिनको सम्पत्तिबाट बचत फिर्ता गर्ने क्रमको सुरुआत हुन्छ ।’ 

पछिल्लो समय गृहमन्त्री लामिछाने सहकारी ठगीमा संलग्न भएको प्रतिवेदन प्रहरीले नै सार्वजनिक गरेपछि चौतर्फी आलोचना हुँदै आएको छ । यसका साथै देशका विभिन्न मूलधारका सञ्चारमाध्यमा पनि यस विषयमा समाचार प्रकाशन तथा प्रशारण भइरहेका छन् ।  

Categorized in राजनीति