STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सहरी विकास मन्त्रालय र बन्चरेडाँडा सरोकार समितिबीच शुक्रबार वार्ता हुने

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ २६, बिहिबार

काठमाडौं - काठमाडौं उपत्यकाको फोहोर ब्यवस्थापनमा देखिएको समस्या समाधानका लागि सरकार र बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिबीच भोलि (शुक्रबार) वार्ता हुने भएको छ । सहरी विकास मन्त्रालय र सरोकार समितिबीच हुने वार्ताका लागि शुक्रबार बिहान ८ बजे सरोकारवाला सबैलाई बोलाइएको छ ।

जानकारी अनुसार उक्त वार्तामा संघर्ष समिति, नुवाकोट ककनी गाउँपालिका, धादिङको धुनीबेँसी नगरपालिका प्रमुखरउपप्रमुख, वडाध्यक्ष, प्रभावित स्थानीय प्रतिनिधिलगायतको सहभागिता रहनेछ । आफूहरुको माग मन्त्रालयले पूरा नगरे प्रधानमन्त्री शेरबहादुर देउवाकहाँ जाने सरोकार समितिको तयारी रहेको छ ।

विगत केही समयदेखि सरकार र काठमाडौं महानगरपालिकाले विगतका सहमति र सम्झौता कार्यान्वयन नगरेको भन्दै संघर्ष समितिले फोहोर विर्सजन गर्न दिएका छैनन् । बुधबार मात्रै पनि फोहोर लिएर बन्चरेडाँडा पुगेका सयौं ट्रकहरु फर्काइएयो थियो ।

फोहोर बोकेका ट्रकहरूलाई रोक्न सयौंको संख्यामा स्थानीयवासी सडकमा उत्रिएका थिए । स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले तीन सेल अश्रु ग्यास प्रहार गर्नुपरेको थियो ।

Categorized in राष्ट्रिय