STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सहिद दिवसको अवसरमा काठमाडौं महानगरले गर्‌यो स्मृति सभा

Janjati Khabar – Janjati Khabar | २०८० माघ १६, मंगलबार

काठमाडौं - काठमाडौं महानगरले शहीद दिवसका अवसरमा शहीद स्मारक लैनचौरमा स्मृति सभाको आयोजना गरेको छ ।

दिवसको अन्तिम दिन आज बिहान ८ बजे शान्ति बाटिकाबाट प्रभात फेरि निकालेको महानगरले लैनचौरमा स्मृति सभा गरेको हो । स्मृति सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित उच्च पदस्थ अधिकारीहरू सहभागी थिए ।

आज नै महानगरले महानगरको वडा नम्बर २३ ले ओमवहालमा रहेको धर्मभक्त माथेमा पार्कमा स्मृति सभा गर्ने कार्यक्रम तय गरेको छ ।

महानगरले माघ १० अर्थात पहिलो दिन शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको स्थान, टेकु मचलीमा, १३ गते धर्मभक्त माथेमालाई मृत्युदण्ड दिएको स्थान सिफलमा स्थापना गरिएको सालिकमा पुष्पगुच्छा अर्पण तथा स्मृति सभा गरिएको थियो ।

विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो ।

Categorized in उपत्यका