साँखुमा १४ जनाको आरडिटी पोजेटिभ, नगरपालिका सिल
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ९, शुक्रबार
काठमाडौं – कोरोना संक्रमणको आरडिटी परीक्षणमा साँखुका १४ जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको छ ।
योसँगै शंखरापुर नगरपालिका अनिश्चितकालका लागि सिल गरिएको छ ।
शुक्रबार जेठ ९ गते बिहान १० बजेदेखि नगरपालिकामा भित्रिने तथा बाहिरिने नाकाहरु अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि सिल गरिएको नगरप्रमुख श्रेष्ठले बताएका छन् ।
शंखरापुर नगरपालिकाको सिन्धुपाल्चोक, काभ्रे र भक्तपुरसँग सिमा जोडिएको छ । भोलिदेखि ती जिल्ला प्रवेश गर्ने नाका पूर्ण रुपमा बन्द गरिने भएको छ ।
नगरपालिकाको वडा नं. ४ देखि ९ सम्मका जनप्रतिनिधिसहित २ सय ९० जना स्थानीयको आरडिटी परिक्षणमा १४ जनामा पोजिटिभ देखिएको थियो ।
पोजेटिभ रिर्पोट आएका १४ जनाको पिसिआर परीक्षणको लागि स्वाब संकलन गरिँदैछ ।
Categorized in उपत्यका