STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सांसद अजय क्रान्ति शाक्यको पहलमा कलात्मक फल्चा पुनः निर्माण सम्पन्न

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण १८, आइतबार

विजयरत्न असंबरे •


नेवारहरुको एउटा ठूलो चाड मोहनीको पचिंमर्ह अर्थात बडादशैंको पञ्चमीको दिन मनाउने पचली भैरव जात्राले प्रख्यात ऐतिहासिक ब्रम्हटोलमा मौलिक परम्परा र कलात्मक शैलीमा सम्पदा मैत्री श्वेत भैरब फल्चा (पाटी) पुनः निर्माण सम्पन्न भएको छ । प्रत्येक १२ वर्षको पचली भैरव जात्राका लागि समेत प्रख्यात सो स्थानमा बागमती प्रदेश सरकारको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत फल्चा पुनःनिर्माण गरेको बागमती प्रदेका सांसद डा. अजय क्रान्ति शाक्यले जानकारी दिनुभयो । शाक्य काठमाडौं निर्वाचन क्षेत्र नं ९ (१) बाट निर्वाचित सांसद हुनुहुन्छ । प्रत्येक वर्ष बडा दशैंको पञ्चमीको दिन हुने पचिमर्ह् (पचली भैरव जात्रा) र १२ वर्षको पचली भैरव जात्राका कारण यो स्थानको विशेष महत्त्व रहेको कामपा–१२ वडाका अध्यक्ष विकास डंगोलले जानकारी दिनुभयो । काठमाडौँ क्षेत्र नम्बर– ९ (क) मा वडा– १२, १४, २१ र २२ पर्दछन् । ती वडाका पनि विभिन्न स्थानमा सांसद शाक्यले स्थानीय र संघीय सरकारसँग समन्वय गरेर पूर्वाधार विकास, सम्पदा पुर्ननिर्माण, सहरी सौदर्यीकर जस्ता कार्य गर्दै आउनु भएको छ । संघीय सांसद कृष्णगोपाल श्रेष्ठ र प्रदेश सांसद शाक्य को संयुक्त पहलमा काठमाडौँ महानगरपालिकाको वडा नम्बर–१४ मा स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तरगर्त बासुकी दह बल्खुखोला पार्क निर्माण कार्य द्रुतगतिमा अघि बढेको छ । त्यसैगरी सांसद शाक्यकै पहलमा संघीय सरकार, स्थानीय सरकार र प्रदेशको समन्वयमा वडा–२२ को न्युरोडदेखि जुद्ध शालिक हुँदै इन्द्रचोक र भूगोलपार्क आसपाससम्म सौदर्यीकरण कार्यलगायत दुई दर्जन बढी कार्यक्रम अघि बढेका छन् ।
Categorized in उपत्यका