STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

साग–कृष्णसारको आकृतिमा मस्कट तयार

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर ९, सोमबार

नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद साग मा समावेश २६ साग–कृष्णसारको आकृतिमा मस्कट तयार भएको छ । राष्ट्रिय खेलकूद परिषद् राखेप ले कृष्णसारको आकृतिमा २६ खेलको मस्कट तयार गरेको हो । यही मङ्सिर १५ देखि २४ गतेसम्म आयोजना हुने सागमा समावेश भलिबल, फुटबल, क्रिकेट, ब्याडमिन्टन, बक्सिङ, तेक्वान्दो, लनटेनिस, ह्यान्डबल, गल्फ, जुडो, कराँते, कबड्डी, खोखो, सुटिङ, स्क्वास, पौडी, टेबलटेनिस, ट्रायथलन, भारोत्तोलन, कुस्ती, उसु, आर्चरी, एथलेटिक्स, बास्केटबल, साइक्लिङ र फेन्सिङ खेलको कृष्णसार आकृतिमा मस्कट तयार गरिएको हो । सागमा यसअघि २७ खेलले सहभागिता जनाउने भनि पनि अन्तिम समयमा प्याराग्लाइडिङ खेललाई हटाएको छ । सागको नियमअनुसार प्रतियोगिता सञ्चालनका लागि कम्तिमा तीन राष्ट्रले भाग लिनुपर्ने हुन्छ, तर नेपाल र पाकिस्तानबाहेक अन्य राष्ट्रबाट खेलाडी दर्ता नहुँदा प्याराग्लाइडिङ खेल हटाएको हो । सागअन्तर्गत काठमाडौँमा २१, पोखरामा आठ र जनकपुरमा एउटा खेल आयोजना हुनेछ । प्रतियोगितामा कूल ३२४ स्वर्ण, ३२४ रजत तथा ४८७ कास्यका लागि प्रतिस्पर्धा हुनेछ ।
Categorized in खेलकुद