साग फुटबलमा स्वर्ण जित्नेलाई साढे पाँच लाख
Janjati Khabar – जनजाति खबर | २०७६ माघ २६, आइतबार
अखिल नेपाल फुटबल सङ्घ एन्फा ले १३औँ दक्षिण एशियाली खेलकूद ९साग०मा स्वर्ण पदक जित्ने नेपाली पुरुष फुटबल टोलीका खेलाडीलाई जनही रु पाँच लाख ५० हजार पुरस्कार दिने भएको छ । एन्फाको आज बसेको कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो ।
नेपालले फाइनलमा भुटानलाई हराउँदै साग फुटबलमा स्वर्ण जितेको थियो । सरकारले यसअघि स्वर्ण जितेको नेपाली पुरुष फुटबल टोलीका खेलाडीलाई जनही रु पाँच लाख दिने घोषणा गरिसकेको छ । साग फुटबलमा रजत पदक प्राप्त गरेको महिला टोलीका खेलाडीलाई जनही रु एक लाख ५० हजार पुरस्कार दिने एन्फाले निर्णय गरेको छ । फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।
यस्तै एन्फाले शहीद स्मारक बी डिभिजन लिग खेल्ने प्रत्येक क्लबलाई प्रतियोगिता तयारी स्वरुप रु १० लाख उपलब्ध गराउने निर्णय गरेको छ । बी डिभिजन लिगको विजेतालाई रु १५ लाख, उपविजेतालाई रु आठ लाख, तेस्रो हुने क्लबलाई रु पाँच लाख तथा चौथो हुनेलाई रु तीन लाख पुरस्कार प्रदान गरिनेछ ।
यसैगरी सी डिभिजन लिगको तयारीका लागि प्रत्येक क्लबलाई रु सात लाख दिइने एन्फाले जनाएको छ । महिला फुटबल प्रतियोगिताका विजेतालाई रु १५ लाख, उपविजेतालाई रु आठ लाख, तेस्रोलाई रु पाँच लाख तथा चौथो हुनेलाई रु तीन लाख पुरस्कार प्रदान गर्ने एन्फाले निर्णय गरेको छ ।
Categorized in खेलकुद