STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सातदोबाटो–लगनखेल सडक आधा सम्पन्न

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २१, मंगलबार

ठेक्का समझौताको अवधि सकिएर थप भएको अवधिसम्म लगनखेल–सातदोबाटो सडक निर्माण आधा मात्रै सकिएको छ । ललितपुर जिल्लाकै सबैभन्दा बढी सवारी चाप हुने सडकमध्ये सो सडक विस्तारको काम अलपत्र पर्दा चालक र यात्रु हैरान भएका हुन् । यहाँका बासिन्दाले घर र जग्गाको मुआब्जा माग गरेका कारण सडकमा ५० प्रतिशतभन्दा बढी काम हुन नसकेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । स्थानीयवासीले मुआब्जाको माग गर्दा सडक निर्माण अघि बढाउन नसकिएकामा अहिले त्यो समस्या समाधान गर्दै काम अघि बढाइएको आयोजनाका इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताउनुभयो । मुआब्जा विवादसँगै सडकमा रहेका पूर्वाधारले पनि काममा बाधा पु¥याइरहेको छ । उहाँले भन्नुभयो, “ठेकेदारले चाहेर पनि सरासर काम गर्ने वातावरण थिएन ।” सडक निर्माणका क्रममा सडकमा रहेका खानेपानी, ढल, विद्युत्का पोललगायत संरचना अवरोधका रुपमा रहेकाले पटकपटक अनुरोध गर्दासमेत सम्बन्धित निकायले भएका संरचना हटाउन चासो इञ्जिनीयर श्रेष्ठले बताउनुभयो । त्यस्तै लगनखेलस्थित बटुकभैरव मन्दिरको पर्खाल भत्काउने÷नभत्काउने भन्ने विवादले पनि सडक विस्तार अघि बढाउन नसकिएको जानकारी दिँदै उहाँले भन्नुभयो, “सडक सम्पन्न गर्नुपर्ने अवधि सकिएर थप भएको अवधिमा समेत काम ठप्प छ । उक्त सडक निर्माणका लागि पहिलोपटक ठेक्का विसं २०७३ जेठमा शुरु भएको थियो । पहिलो पटकको ठेक्का सम्झौताअनुसार विसं २०७४ असोजमा म्याद सकिएपछि आयोजनाले अवधि थपेको थियो । अहिले थपिएको अवधिमा पनि काम अघि नबढेको उहाँले बताउनुभयो । काठमाडौँ उपत्यकाभित्र विभिन्न सडक विस्तारको काम शुरु भएको चार वर्षभन्दा बढी भइसक्दा पनि प्राय कुनै पनि सडक पूरा भएको छैन ।
Categorized in राष्ट्रिय