STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सात क्यासिनोलाई कर तिर्न महानगरपालिकाकाे ७ दिने अल्टिमेटम

Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र १९, आइतबार

काठमाडौं - काठमाडौं महानगरपालिकाले ७ वटा क्यासिनोलाई एक साताभित्र मनोरन्जन कर तिर्न पत्राचार गरेको छ ।

आइतबार महानगरपालिकाले होटल म्यारियटको डेल्टिन, होटल अन्नपूर्णको क्यासिनो प्यालेस, होटल र्‍याडिसनको क्यासिनो र्‍याड, होटल हायातको प्राइड इन्टरनेशनल एण्ड रिक्रिएशन, होटल सोल्टीको माजोङ्ग र मल्ल होटलको बेली क्यासिनोलाई एक साताभित्र कर तिर्न पत्राचार गरेको हो ।

महानगरले एक साताभित्र बबरमहलमा रहेको राजस्व विभागमा मनोरञ्जन कर बुझाउन भनेको छ । यदि उक्त समयभित्र कर नतिरे कारबाही गरी कर असुल गरिने पनि पत्रमा उल्लेख छ ।

वागमती प्रदेशको आर्थिक ऐनले तोकेको क्यासिनो प्रवेशको मनोरन्जन कर पटक–पटक ताकेता गर्दा पनि सम्बन्धित संस्थाहरुले ४ वर्षदेखि नतिरेको महानगरको राजश्व विभागले पत्रमा भनेको छ ।

Categorized in उपत्यका