STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सात वर्षमा पनि बनेन नगरकोट सडक, आन्दोलनको घोषणा

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २, सोमबार

दुई वर्षमा निर्माणकार्य सम्पन्न भइसक्नुपर्ने भत्केकोपार्टी–नगरकोट सडक सात वर्षमा पनि नबनेपछि स्थानीयवासीले २५१ सदस्यीय नगरकोट सडक पीडित सङ्घर्ष समिति गठन गरी आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । एक्जिम बैंक भारतको सहयोगमा भत्केकोपाटी–खरिपाटी–तेलकोट–नगरकोट खण्डको ४० किमी सडक निर्माण आयोजनाको जिम्मा पाएको शैलुङ कन्ष्ट्रक्सनले सात वर्षमा पनि निर्माण सम्पन्न नगरी सडकलाई अलपत्र बनाएपछि स्थानीय बासिन्दा आन्दोलित बनेका हुन् । यहाँका नगरकोट, मण्डनदेउपुर, छालिङ, बागेश्वरी, सुडालका स्थानीयवासीको भेलाले स्थानीय राजकुमार लामिछानेको संयोजकत्वमा सविता खत्री सहसंयोजक र रमेश अधिकारी सचिव रहेको २५१ सदस्यीय सङ्घर्ष समिति गठन गरी आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । समितिले आगामी पाँच महीनाभित्र सडक निर्माणकार्य सम्पन्न गरिसक्नुपर्ने, सडकका बीचमा छोडिएका बिजुलीका पोलहरु हटाउनुपर्ने, जग्गाको मुआब्जा दिनुपर्ने, नाली तथा जोखिमयुक्त स्थानका सडक आसपासमा ‘रिटेनिङ वाल’ लगाउनुपर्ने, निर्माणकार्य गुणस्तरीय हुनुपर्नेलगायतका माग राखी समितिले आन्दोलनको घोषणा गरेको हो । नगरकोट सडकका पीडितले निर्माण व्यवसायीको लापरवाहीका कारण धुलो, धुवाँ, हिलो र खाल्डाखुल्डीका कारण जनजीवन प्रभावित बनेको भन्दै आन्दोलनको विकल्प नभएको बताएका छन् । भेलामा सहभागी निर्माण व्यवसायी सङ्घ भक्तपुरका अध्यक्ष निरञ्जन बजगार्इं, गैर सरकारी संस्था महासङ्घ नेपाल जिल्ला शाखा भक्तपुरका अध्यक्ष सोम शर्मा ९बजगाईं०, स्थानीय मधुराम लामिछाने, पुष्पराज बाँस्तोला, हरिहर गिरी, पद्म लामा, इन्द्रप्रसाद कायस्थ, जीवन खत्री, चाँगुनारायण नगरपालिका ६ नं। वडाका अध्यक्ष सन्तबहादुर वाइवा, रामप्रसाद लामिछाने ‘पीडित’लगायतले निर्माण सम्झौता भएको अवधिभन्दा बढी समयदेखि अटेर गरी निर्माणकार्य अवरुद्ध गर्ने व्यवसायीलाई कारवाही गर्न माग गर्नुभयो । सङ्घर्ष समितिले आफ्नो सङ्घर्षको कार्यक्रमअन्तर्गत नगरपालिका, जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, प्रदेश सरकार, सङ्घ तथा प्रदेश सांसद, शैलुङ कन्ष्ट्रक्सनको प्रोपाइटर शारदा अधिकारी, आयोजना कार्यालय, भौतिक योजना तथा निर्माण मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ । व्यवसायीले तत्काल निर्माणकार्य अगाडि नबढाए धर्ना, जुलुस र सडक नाकाबन्दी गर्नेसम्मको आन्दोलनका कार्यक्रम तय गरेको सङ्घर्ष समितिका संयोजक राजकुमार लामिछानेले जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय