सामाजिक दुरी बनाई शंखधर दिवस मनाइने
Janjati Khabar – जनजातिखबर संवाददाता | २०७७ मङ्सिर ४, बिहिबार
नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःको स्मृतिमा यही कछलाथ्व दशमी ९मंसिर ९ गते० शंखधर दिवस मनाइने भएको छ ।
नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४१ को आयोजनामा मनाइने शंखधर दिवस यस वर्ष कोरोना संक्रमण जोखिमको कारण सामाजिक दुरी राखेर मनाइने भएको छ ।
नेपाल संवत् पलिस्था भएको ऐतिहासिक स्थान लखुतीर्थमा सो दिन बिहानै सरसफाइ कार्यक्रम राखिएको छ । त्यसपश्चात् शंखधरको तस्बिरमा माल्र्यापण कार्यक्रम राखिएको छ ।
नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाःलाई सरकारले नेसं ११२० मा राष्ट्रिय विभूति घोषणा गरेको खुशियालीमा घोषणा गरेकै दिन कछलाथ्व दशमलाई शंखधर दिवसको रुपमा मनाउँदै आइरहेको छ ।
Categorized in राष्ट्रिय


