सामाजीक घटनाक्रम चित्रण गरिएको चेतना मुलक म्युजिक भिडियो सार्वजनिक
Janjati Khabar – विजयरत्न असंबरे | २०८१ मङ्सिर १५, शनिबार
सामाजीक घटनाक्रम चित्रण गरिएको चेतना मुलक सन्देश बोकेको नेपालभाषाको गीत नुगः चफुना( हृदय चुँडालेर) मा बनेको म्युजिक भिडियोको शनिबार एक कार्यक्रम बीच सार्वजनिक गरिएको छ । उक्त गीतको भिडियो गत मंसिर ८ गते शनिवार ललितपुरको छेली काराओके क्याफेमा शुटिंग गरिएको थियो । शुटिंग भएको एक हप्ता भित्र नै प्रिमियर सम्पन्न सो भिडियो सामाजिक घटनाकमको कथाब्यथा मा निर्माण गरिएको छ ।

नव गायिका नानी शोभा महर्जन ले गाउनु भएको उक्त गीतका रचनाकार पनि नानी शोभा महर्जन नै हुनु हुन्छ । यस गीतका संगीतकार राजेन्द्र शाक्य, संगीत संयोजन र रिकर्डिङ संगीत विज्ञ दीप तुलाधर हुनु हुन्छ भने भ्वाइस स्टुडियो कमल पोखरीमा रेकर्ड गरिएको हो ।
यसको भिडियो निर्माण तर्फ प्रमुख कलाकारहरुमा गायिका नानी शोभा महर्जनको राजेश महर्जन, जयलक्ष्मी सिद्धी बज्राचार्य, मीरा डंगोल, प्रेम कार्कीको साथमा अतिथि कलाकारको रुपमा संगीत गुरु रत्न वेहोसी बज्राचार्यका साथ दर्जनौ कलाकारहरुको अभिनय रहेको छ ।
श्रृगार मीरा डंगोल, छायांकन/सम्पादन र कलर समिश्रण राजेश शाक्य, सह निर्देशन तथा निर्माण व्यवस्थापक सुरेन्द्र श्रेष्ठले गर्न भएको यस भिडियोको निर्देशन वरिष्ठ निर्देशक पवन जोशीको रहेको छ । यो निर्देशक जोशीको निर्देशन मा बनेको १२४ औ म्यूजिक भिडियो हो ।
संसार्स क्रियशन्सको सभा कक्षमा सम्पन्न प्रिमियर कार्यक्रममा संसार संगीतालय कि संरक्षक एवं समाजसेवी का रुपमा परिचित गायिका सरिता महर्जन प्रमुख अतिथि का रुपमा रहेका थिए भने चलचित्र पत्रकारिता क्षेत्रका अग्रज विजयरत्न असंबरे विशिष्ट अतिथि का रुपमा रहनु भएको थियो । कार्यक्रम संसार्स क्रियशन्सका क्रियटिभ डाइरेक्टर स्वतन्त्र संसार महर्जन सभापतित्वमा सम्पन्न भएको थियो ।
संसार्स अनलान टिभी युट्युव च्यानलबाटट विश्वभर एकै साथ प्रदर्शनमा ल्याइएको उक्त म्यूजिक भिडियो चलचित्र प्रेमी सवैले हेरिदिनु हुन निर्मात्री महर्जनले अनुरोध गर्नु भएको छ ।
Categorized in साहित्य-कला

