STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सार्वजनिक सवारीकाे भाडादर घट्याे

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ २०, शुक्रबार

काठमाडौं - यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । पेट्रोलियम पदार्थको मूल्य लिटरमा १० रूपैयाँका दरले घटेसँगै विभागले पनि यातायातको भाडा घटाएको हो । नेपाल आयल निगमले बिहीबार मात्रै पेट्रोलियम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाएको थियो ।

यात्रुबाहक सवारीमा २ प्रतिशतले मूल्य घटेको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालबाह सवारीको भाडा २.६ प्रतिशत र तराईका बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा २.९ प्रतिशतले घटेको हो ।

सरकारले सार्वजनिक सवारीको भाडादर स्वचालित आधारमा व्यवस्था गर्दै आएको छ । इन्धनको मूल्य ५ प्रतिशतले बढेमा वा घटेमा विभागले सवारीको भाडादर समायोजना गर्दै आएको छ ।

Categorized in राष्ट्रिय