साहित्यकार पुष्पराज राजकर्णिकारको एकल कथावाचन
Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र १, शनिबार
काठमाडौं– ‘सः छगू फरक अभिव्यक्ति’ नामक संस्थाको आयोजनामा चैत १ गते शनिबार डा. पुष्पराज राजकर्णिकारको एकल लघुकथा वाचन सम्पन्न भयो ।
संस्थाले हरेक महिना तीनजना साहित्यकारका पाँचवटा लघुकथा वाचन गराउँदै आएकोमा यसपटक एकल कथाकारको १५ वटा लघुकथा वाचन गराएको थियो ।
सुनिल वज्राचार्यले सञ्चालन गरेको कार्यक्रममा नरेश अमात्यले स्वागत मन्तव्य दिएका थिए । सुधीर ख्वबिले मायाको चिनो प्रदान गरेको तथा मोक्षबहादुर अमात्यले कथाकार राजकर्णिकारलाई खादा ओढाई सम्मान गरेका थिए ।
कार्यक्रममा सहभागीमध्येका नरसागर श्रेष्ठले वाचित लघुकथाको संक्षिप्त समीक्षा गरेका थिए ।
राजेन्द्र रञ्जित, नेवाः सुचना केन्द्रको सहयोगमा
Categorized in उपत्यका