साहित्यिक प्रकाशन "बाखँ दबू" को नयाँ अङ्क सार्वजनिक
Janjati Khabar – विजयरत्न असंबरे | २०८१ माघ ३०, बुधबार
नेपालभाषाका कथा विधालाई समेट्ने उद्देश्य ले स्थापित साहित्यिक जमात बाखँ दबू ले निरन्तर रूपमा प्रकाशित गर्दै आइरहेकाे कथा विषयक साहित्यिक प्रकाशन "बाखँ दबू" काे १२ औँ अङ्क साेमबार भक्तपुरमा विराट नेपाल भाषा साहित्य सम्मेलन गुथिकाे आफ्नै भवनकाे प्राङ्गणमा एक समाराेहका बीच सार्वजनिकीकरण गरियाे । उक्त दबूका संस्थापक सदस्य लाेचन तारा तुलाधरकाे सभाध्यक्षता एवम् वरिष्ठ साहित्यकार सुवर्ण केशरी चित्रकारकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा काठमाडौँ , ललितपुर र भक्तपुरका स्रष्टा एवम् सर्जकहरूकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे ।
सो कार्यक्रममा अतिथिहरू वरिष्ठ कवि डा. याेगेन्द्र प्रधान, विराट नेपाल भाषा साहित्य सम्मेलन गुथिका अध्यक्ष महेन्द्रगाेपाल कर्माचार्य, बाखं दबूका भाषा सम्पादक पाैभा:सायमिलगायतले मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।
कार्यक्रममा बाखँ दबूका सदस्य कृष्णभक्त बाेेडेले दबूका गतिविधिमाथि प्रकाश पार्नुभयाे भने अर्का सदस्य बिमलप्रभा बज्राचार्यले सबैलाई स्वागत गर्नुहुँदै बाखँ दबूलाई सबैकाे साथ,सहयाेग प्राप्त हुने अपेक्षा गरिएकाे बताउनुभयाे ।
लाेकार्पित बाखँ दबूकाे १२ औँ अङ्कमा ३७ जना कथाकारहरूकाे कथाहरू समेटिएका छन् ।
Categorized in साहित्य-कला

